विन्टर ओलम्पिक : थप ३० खेलाडीमा कोरोना संक्रमण
बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।
‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित ।’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो नभएको बताए ।
हाल ओलम्पिक बबलमा ३९३ पोजिटिभ केस रहेको बताइएको छ । जहाँ न्युज मिडिया र अफिसियलको संख्या बढी छ । २० फेब्रुअरीसम्म हुने विन्टर ओलिम्पिकका लागि १२ हजार आठ सय मानिसको चीनमा आगमन भएको छ ।
प्रतियोगिताको चौथो दिन आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । यस्तै, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मन, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् भने इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगितामा तीन हजारभन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने