आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

मङ्गलबार, २५ माघ २०७८, १४ : २२
मङ्गलबार, २५ माघ २०७८

राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन् । उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए । पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे ।

‘हामी त मिलाउन लागिपरेका थियौँ । आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’, उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन ।’ उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे । ‘यही राप्रपामा ३१ वर्ष बिताएँ । उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’, पाठकले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप