आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खल्तीले ल्यायो ‘एक रुपैयाँमा’ फ्लाइट टिकट जित्ने मौका

मङ्गलबार, २५ माघ २०७८, १३ : ३३
मङ्गलबार, २५ माघ २०७८

अनलाइन भुक्तानी सेवा कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रु.१’ अफर ल्याएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहारसमेत प्राप्त हुने कम्पनीले जनाएको छ । साथै, हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट प्राप्त हुनेछ ।

यो अफर माघ २३ देखि फागुन ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य प्रमाणित गराएको हुनुपर्छ । खल्ती खाता नभएकाहरुले पनि एप डाउनलोड गरी आफ्नो खल्ती केवाइसी प्रमाणित गरेर मात्रै अफरमा सहभागी हुन सकिन्छ । 

अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,‘कोरोना महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको बताए । खल्ती फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म हो । यसमा रु. १२ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप