प्रकाण्डले भने- एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’
उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएकाहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । उनले यस्तो कुप्रचार गर्नेहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।
‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् । -न्युज कारखानाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती