नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने
कोरोना संक्रमितको दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि कोभिड संक्रमितको उपचार नगर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गरेको थियो ।
तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट कोभिड नभएकाहरुलाई मात्रै सेवा प्रवाह गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । हाल अस्पतालमा कोभिड क्रिटिकल युनिट १५ शैयाको छ । उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट गर्ने बताए ।
नर्भिकले केही समय अघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत मिश्रले बताए ।
नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको जस्तै स्वास्थ्य सेवा लिन सक्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन