जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, ५६ गुणा बढीले पर्यो आवेदन
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो ।
तर, अघिल्लो दिननै कम्पनीको सेयर खरिदका लागि माग गरेभन्दा ५६ गुणा बढीले आवेदन परिसकेको छ ।
सिडीएससीका अनुसार माघ २४ गतेसम्ममा नै कम्पनीको सेयर खरिदका लागि २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आबेदन दिएका छन् । जुन मागको तुलनामा झन्डै ५६ गुणाले बढी हो ।
कम्पनीले गत माघ २१ गते एक सय रुपैयाँ कित्ता दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको र बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।
इच्छुक आवेदकले आज ५ बजेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार