मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चालिसेको ‘जीवनका वक्ररेखा’ सार्वजनिक

मङ्गलबार, २५ माघ २०७८, १० : २२
मङ्गलबार, २५ माघ २०७८

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् । 

यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुनसक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । सुरभि साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ नौ अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् । 

उपन्यास, कथासङ्ग्रह, बालसाहित्य, यात्रा निबन्ध सहित आमसञ्चार तथा पत्रकारिताका कृतिकार चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा दुई कार्यकाल गोरखापत्र दैनिकका प्रधानसम्पादक समेत रहिसकेका छन् । हाल अवकाशको जीवनमा भने उनी विशुद्ध रुपमा साहित्य र समाजसेवामा आबद्ध छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप