चीनको फलफूल बजारमा पनि कोरोना, कडा निगरानीका कारण रोकियो आयात

चीनले देशभित्र कोरोना रोक्न शून्य कोभिड नीति अख्तियार गरेको छ । शून्य कोभिड नीतिका कारण चीनमा फलफूल बिक्री गर्न समस्या भएको छ । भने चीनले गर्ने आयात पूर्ण रुपमा प्रभावित भएको छ । बाहिरी मुलुकबाट भित्रिने फलफूल र फ्रोजन फुड हजारौँ कन्टेनरमा कडा निगरानी गरिरहेको छ । यसकारण दक्षिण एसियाली देशको किसानलाई नराम्रो असर परेको छ । सन् २०२० मा दक्षिण एसियाबाट चीनमा लगभग ७२ अर्ब बराबरको फलफूल निर्यात भएको थियो ।
१५ दिन क्वारेन्टिनमा बस्नु पर्छ ड्राइभर
चीनको सीमामा भियतनाम, म्यानमार, थाइल्यान्ड र लाओसबाट आउने ट्रकको लामो लाइन लागेको छ । चीनमा अधिकतम फलफूल पठाउने भियतनामको ड्रागन फ्रुट किसानमाथि ठूलो ऋणको भारी परिसकेको छ । म्यानमारमा खरबुजा निर्यात कर्ताले आफ्नो फल सीमामै फ्याकेका छन् । किनकी ट्रक ड्राइभरलाई चीनमा सामान लैजानु पहिले १५ दिनको क्वारेन्टिनमा बस्नु पर्छ । भियतनामको ड्रागन फ्रुट किसानलाई प्रतिबन्धको सर्वाधिक धेरै प्रभाव परेको छ ।
ड्रागन फ्रुट मा कोरोना भाइरस पाइयो
चीनमा ९ सहरका अधिकारीहरुले भियतनामबाट आएका ड्रागन फ्रुट मा कोरोना भाइरस पाइएको बताएका छन् । यसपछि अधिकारीले फल बिक्री गर्ने सुपरमार्केट बन्द गरिदिएका छन् । फलको सम्पर्कमा आएका १ हजार भन्दा बढी मानिसलाई क्वारेन्टिनमा राखिएको छ । म्यानमारका खरबुजा किसान आउ म्योले आफ्नो फलको पैदावार फ्याक्नु परेको बताएका छन् । थायल्यान्डका फल निर्यातक भारोकान्यकाले उनको बस्तु चीनको सीमामा ६० दिनसम्म रोकिएर कुहिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल