बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अवैध रुपमा विद्यार्थी विदेश पठाउने सरकारको निगरानीमा,उजुरी दिन आह्वान

सोमबार, २४ माघ २०७८, २२ : ३३
सोमबार, २४ माघ २०७८

सरकारले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने  जनाएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा प्रचलित कानून विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको हो । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरू बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।  

‘गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’

गैरकानूनी रुपमा काम गरेको संस्थाहरु–व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरूमा जानकारी, सूचना, उजुरी दिन गृहले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप