शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ मा

सोमबार, २४ माघ २०७८, २० : ३२
सोमबार, २४ माघ २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट पाँच जनाको नाम छनोट गरेको हो । समितिले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेललाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा सिफारिस गरेको हो । 

अब छनोट भएका पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सेबोनको अध्यक्षका लागि उल्लेखित पाँच  जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्याल गरि १५ जनाले आवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप