आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुमारी बैंकबाट कामु सीईओ र डेपुटी सीईओ बाहिरिए

सोमबार, २४ माघ २०७८, २० : ००
सोमबार, २४ माघ २०७८

कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ ) अनुजमणि तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनिस तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । सोमबार बैङ्क सञ्चालक समितिसँगको सल्लाहमा दुवै जनाले स्वैच्छिक अवकाश लिएको बैंकले जनाएको छ । 

बैङ्क सञ्चालक समितिले केही दिनअघि स्वैच्छिक अवकासको स्कीम (भीआरएस) आफर ल्याएको थियो । सोही भीआरएस अफरमा निकै राम्रो रकम आउने भएपछि दुवै जनाले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । कामु सीईओ र डेपुटी सीईओ दुवै जना बैंकबाट बाहिरिए पछि बैङ्क सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ । यस अघि खनाल बैंकको चिफ अपरेटिङ अफिसर रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप