आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्नेहरूलाई गृह मन्त्रालयको चेतावनी

सोमबार, २४ माघ २०७८, १९ : ४३
सोमबार, २४ माघ २०७८

अध्ययनका लागि विदेशमा पठाएर अलपत्र पार्ने कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै कारबाहीको चेतावनी दिएको छ । विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमा नै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरू प्राप्त भएको भन्दै मन्त्रालयले विज्ञप्ति मार्फत चेतावनी दिएको हो ।

इजाजतपत्र नलिई अनधिकृत रूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरू, अनलाइनरुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरू, अवैधरुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरूको प्रतिनिधिको रूपमा कार्य गर्ने व्यक्तिहरूमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ । त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप