मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, २४ माघ २०७८, १९ : ३०
सोमबार, २४ माघ २०७८

मकवानपुरको हेटौँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा–१ चाइना क्वाटर निवासी ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक दासले बताए ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेछ भने बसका चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप