आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

सोमबार, २४ माघ २०७८, १७ : ५३
सोमबार, २४ माघ २०७८

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवले समितिका ६ जना सदस्य बर्खास्तीमा परेको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप