आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्डफ्लू रोक्न मोरङका दुई स्थानीय तहमा संकटकाल

सोमबार, २४ माघ २०७८, १७ : ४१
सोमबार, २४ माघ २०७८

संघीय सरकारले मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्राथान–१ खुनियाकट्टा र  बूढीगंगा – ५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्डफ्लु नियन्त्रण गर्न एक साताका लागि संकटकाल घोषणा गरिएको रातोपाटीलाई जानकारी दिए । पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो ।

विभागका निमित्त महानिर्देशक लेखराज दाहालले केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पीसीआर विधिबाट परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको जनाएका थिए । बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप