पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न व्यवसायी संघको माग
![पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न व्यवसायी संघको माग](https://rpcdn.ratopati.com/media/albums/273012212_781765182779446_1991144194873230828_n_zsxuPqiKTe.jpg)
नेपाल पर्यटन यातायात व्यवसायी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले कोभिड–१९ महामारीको अवस्थामा आम नागरिकहरुको दैनिकी सञ्चालनमा समेत निकै कष्टकर भइरहेको अवस्थामा सरकारले थप पेट्रोलियम पदार्थको मूल्य वृद्धि सर्वसाधारणको ढाड सेक्ने काम गरेको आरोप लगाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अन्य ढुवानीको भाडा समेत वृद्धि हुने र यसले महँगी बढ्न गई सर्वसाधारणको जनजीवनमा प्रभाव पार्ने संघको भनाइ छ ।
‘विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशको समग्र अर्थतन्त्र शिथिल बन्नुको साथै नागरिकको दैनिक जिवन यापन समेत कष्टकर बन्दै गएको वर्तमान अवस्थामा पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको कारण उत्पन्न असन्तुलनले दैनिक उपभोग्य सामान खरिद तथा उपयोगमा समेत नकारात्मक प्रभाव पर्न जाने निश्चित छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले यातायात व्यवसाय सञ्चालमा पर्ने ऋणात्मक चापलाई थेग्न कठिन हुने र व्यवसायमा टिक्न, टिकाउन सवारी साधनहरुको भाडादरमा समेत मूल्य बृद्धिको सहारा लिनुपर्ने बाध्यात्मक परिस्थिती उत्पन्न हुन जाने तर्फ ध्यानाकर्षण गराउँदै नागरिकको हितलाई सर्वोपरि ठानी नेपाल आयल निगमद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न नेपाल पर्यटक यातायात व्यवसायी संघ जोडदार माग गर्दछ’ संघले विज्ञप्ति मार्फत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता
-
भिनिसियस चम्किँदा ब्राजिलको सहज जित
-
प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)
-
स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु
-
अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त
-
रोहतो मेन्थोलेटम नेपालले मनायो पाँचौँ वार्षिकोत्सव