बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वायुसेवा निगमको ९एन–एकेडब्लू जहाजका लागि एमटीयूको इन्जिन भाडामा लिने

सोमबार, २४ माघ २०७८, १७ : ३२
सोमबार, २४ माघ २०७८

नेपाल वायुसेवा निगमको न्यारोवडी ए३२०, ९एन–एकेडब्लू जहाजका लागि एम/एस एमटीयू मेन्टेनेन्स लिज सर्भिसेस बी.भी कम्पनीको इन्जिन भाडामा लिने भएको छ । सोमबार एक सूचना जारी गर्दै निगमले गत जनवरी ९, २०२२ मा इन्जिन भाडाका लागि भएको ग्लोबल टेन्डरमा परेको दरखास्त मध्येबाट एमटीयू छनोटमा परेको र सोही कम्पनीको इन्जिन भाडामा लिने निर्णय भएको जनाएको हो ।

गत २८ डिसेम्बर २०२१ मा नियमित उडानको क्रममा निगमको  ९एन–एकेडब्लू जहाज कतारको दोहामा ग्राउन्डेड भएको थियो । सोही जहाजको मर्मतका लागि भएको परिक्षणका क्रममा कतार एयरवेजका इन्जिनियरिङ्ग टिमले जहाजको बायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट भएकाले इन्जिन फेर्नुपर्ने बताएको थियो । सोही डिफेक्टिभ इन्जिनको रिप्लेसका लागि तत्कालका लागि कम्पनीको इन्जिन भाडामा लिन लागिएको निगमले बताएको छ ।

साथै सो जहाजको बिग्रिएको इन्जिन सिरियल नम्बर भी१७५८४ लाई समेत आवश्यक मर्मत सम्भार गर्नको लागि एमआरओ (मेन्टेनेन्स रिपेरिङ अर्गनाइजेशन) छनौटका लागि २४ जनवरी २०२२ मा निगमको नियम अनुसार ग्लोबल टेन्डर आह्वान समेत गरिसकिएको निगमले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप