आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘किन यसरी’ मा प्रेमी–प्रेमिका बने आकाश र अञ्जली

सोमबार, २४ माघ २०७८, १७ : ३१
सोमबार, २४ माघ २०७८

अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारी अभिनित गीत ‘किन यसरी’ सार्वजनिक भएको छ । डम्बर खनाल ‘आर्यन’ को शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासा छन् । भिडियोले पनि गीतकै थिम कथाको रुपमा उठाएको छ ।

गायक खनाल हाल अमेरिका रहेका छन् । अमेरिका रहेपनि बेला–बेलामा गीत सार्वजनिक गर्दै आएका उनका केही गीत अझै रिलिजको क्रममा छन् । ती बिस्तारै सार्वजनिक गर्दै जाने उनले बताए ।  केही अगाडि उनले भुटानी गतिविधि समेटेर ‘नरोइदेउन मेरी आमा’ बोलको गीत रिलिज गरेको थिएँ । मनिषा पोखरेलको कला निर्देशन रहेको भिडियोमा हरि हुमागाईको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप