मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप, २ प्रहरी घाइते

सोमबार, २४ माघ २०७८, १७ : २८
सोमबार, २४ माघ २०७८

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन  जाने क्रममा झडप भएको छ । इशनाथ–५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि झडप भएको हो।

महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले  जानकारी दिए । सरस्वतीको मूर्ति सेलाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहीको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।
छलफलमा मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसारनै जाँदा केहि महिलाले ढुंगामुढा गरेको एसपी घिमिरेले जानकारी दिए । यद्यपि अवरोध हटाएर मूर्ति सेलाउन पठाइएको छ ।

 उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर सिडियो शाही, एसपी घिमिरेका साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।  भारत र नेपालको सिमाना जोडिएको उक्त क्षेत्रमा प्रत्येक बर्ष हिन्दुहरुले मनाउने सरस्वती पूजा र झण्डी पूजामा लामोसमय देखि बिवाद हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप