आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, काठमाडौं आइपुग्यो ८ लाख

सोमबार, २४ माघ २०७८, १७ : २०
सोमबार, २४ माघ २०७८

बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।  नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदैछ ।  आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरू केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ ।  ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप