आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

सोमबार, २४ माघ २०७८, १७ : १६
सोमबार, २४ माघ २०७८

पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो । 

मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना

निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप