पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी
कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागु हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् ।
हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनु पर्नेछ । किनभने १ फागुनबाट केही साता पुरानै फिल्म लाग्ने भएको छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएको केही दिनमै हल बन्द हुँदा मारमा परेका केही फिल्म छन्,’ शर्माले भने ‘हल खुल्ने बितिकै पहिले ति फिल्म लाग्नेछ । त्यसपछि अन्य नयाँ रिलिज हुन्छ ।’ सुरुको केही साता पुरानो फिल्म लाग्दा कोरोनाले मारमा परेको फिल्मलाई राहात मिल्ने शर्माले सुनाए ।
कोरोनाको तेस्रो लहरमा फिल्म हल बन्द हुँदाको समय स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, चपली हाइट ३ लगायत प्रदर्शनमा थिए । हल खुलेपछि सुरुमा यी नै फिल्म रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ