शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टिलले थाल्यो निर्यात

सोमबार, २४ माघ २०७८, १६ : ५५
सोमबार, २४ माघ २०७८

जगदम्बा स्टिल कम्पनीले नेपालबाट पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका कलर कोटेड कोइल्स तथा शिटहरुको माग विदेशमा समेत चुलिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसका उत्पादन दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षण तथा अनुमोदित भएको छ ।

नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा गौरवान्वित भएको शकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले बताए । साथै, उनले भविष्यमा अझ उत्कृष्ट उत्पादन उपभोक्ता माझ पस्कने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप