निर्वाचन आयोगलाई सरकारको प्रश्न : बैशाख ३० मा चुनाव गर्न सकिन्छ ?
सोमबार, २४ माघ २०७८, १६ : १६
सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिएका छन् ।
आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’ आयोगका पदाधिकारीसँग कुराकानी गरेलगत्तै बालुवाटारमा अहिले मन्त्रिपरिषद बैठक जारी छ । बैठकले बैशाख ३० गतेलाई मिति तोक्ने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण