बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन अनेरास्ववियूको माग

सोमबार, २४ माघ २०७८, १६ : ०८
सोमबार, २४ माघ २०७८

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले महङ्गी बढेको भन्दै विद्यार्थी, मजदुर, किसानलगायतका समुदायलाई तत्काल निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ । सोमबार उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।

‘हाम्रो संगठन अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुल्हो निःशुल्क वितरणका लागि माग गर्दछ’ मन्त्री भुसाललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ । साथै सो संगठनले विद्युतीय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।

‘जलश्रोतले धनी हाम्रो नेपालमा विद्युतको उत्पादनमा जोड दिन सकियो भने सस्तोमा जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्तै आधारहरू छन् । यो नै दीर्घकालीन समाधान हुनेछ’, ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले विद्यार्थीहरूका मागमा आफु सकारात्मक रहेको जनाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप