आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो
सोमबार, २४ माघ २०७८, १५ : ५३
नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताए ।
बेलायत सरकारको सहयोगमा कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको प्रमुख डा. चौरसियाको भनाइ छ । आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने डा. चौरसियाले बताए । नेपाल सरकारले कोरोनाविरुद्धको खोप हालसम्म खरिद र सहयोगमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा प्राप्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ