‘सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै छैन’
केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको बताएका छन् । उनले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताए । अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए-नभएको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताए ।
उनले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराए । कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामाग्री आयात गर्ने गरेको उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दापनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने आरोप लगाए । सरकारले तत्काल स्वास्थ्य सामाग्रीको गुणस्तरीयता परीक्षणका लागि ल्याबको व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए ।
त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको पनि बताए । अहिले बजारमा औषधीको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको घिमिरेको भनाइ छ ।
अध्यक्ष घिमिरले पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामाग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामाग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’