बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको संसदीय समितिमा सत्तारुढ दलबाट उम्मेदवारी

सोमबार, २४ माघ २०७८, १५ : ०९
सोमबार, २४ माघ २०७८

मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतका  विभिन्न समितिमा रिक्त रहेका सभापति पदमा सत्तारुढ दलहरूबाट उम्मेदवारी परेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले दिएको जानकारी अनुसार प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसको तर्फबाट नरेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादीको तर्फबाट जगतप्रसाद यादव र कृषि तथा भूमि व्यवस्था समितिमा एकीकृत समाजवादीबाट मदन सेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका छन् ।

यता प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराउने भएको छ । प्रतिपक्षी लोसपा नेपालले सार्वजनिक लेखा समितिमा सभापतिको दावी गर्दै आएपनि सहमति हुन नसकेको हो । 

लोसपा–एमालेले पनि तीनवटै पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेको छ  । यसअघि सत्तारुढ जनता समाजवादी पार्टी नेपालले विपक्षी दल एमालेलाई सार्वजनिक लेखा समिति दिने भनेको थियो । तर सत्तारुढ दलले भने सो पदमा पनि उम्मेदवारी दर्ता गराएपछि लोसपा–एमालेले गठबन्धन बनाएर संयुक्तरुपमा उम्मेदवारी दर्ता गराउने तयारी थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप