दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ
नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे जानकारी गराएको हो ।
सो अवसरमा अध्यक्ष भण्डारीले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पुरा गरी बैंक दर्ताको प्रस्ताव तयार गरिएको बताए । अहिलेको प्रतिस्पर्धात्मक समय अनुकूल मुलुकमा एउटा मात्र सहकारी बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएकोले नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको दाबी गरिएको छ ।
त्यसो त हाल सहकारी क्षेत्रमा एकमात्र ‘राष्ट्रिय सहकारी बैंक’ सञ्चालनमा छ । जुन बैंकमा हाल १५ हजार प्रारम्भिक तथा केन्द्रीय संघ, सहकारी संस्थाहरु आवद्ध रहेका छन् । कार्यक्रममा प्रस्तावित बैंकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन गभर्नरसँग आग्रह गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंक दर्ताका लागि आवश्यक प्रक्रिया जतिसक्दो छिटो अघि बढाइने आश्वासन दिए । ‘प्रस्तावित सहकारी बैंकले आफ्नो प्रकृया पुरा गरी अवधारणाबारे जानकारी गराएको छ । अब नेपाल राष्ट्र बैंकले के हो कसो हो त्यसको प्रक्रिया पुगे नपुगेको हेर दर्ता प्रक्रिया अघि बढाउनेछ’ गभर्नर अधिकारीले भने ।
प्रस्तावित सहकारी बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उपरजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैंकको अवधारणा पत्र प्रस्तुत गरेको थियो । प्रस्तावित बैंकको चुक्ता पुँजी साढे दुई अर्ब रुपियाँ प्रस्ताव गरिएको छ भने बैंक सञ्चालनमा आएपछि सेवा सुविधा देशव्यापी बनाइने संचालक समितिको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’