बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुँदै

सोमबार, २४ माघ २०७८, १४ : ५५
सोमबार, २४ माघ २०७८

रुस र युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुने भएको छ । छलफलका लागि जर्मनीका चान्सलर ओलाफ स्कोल्ज सोमबार अमेरिका जाने भएका हुन् । त्यहाँ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । रुस युक्रेनको विषयमा मौन रहेको आरोप खेपिरहेका बेला अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा जर्मन चान्सलर ओलाफले ठूलै सन्देश दिन सक्ने अनुमान गरिएको छ ।  

रुस र युक्रेनबीच भड्किएको द्वन्द्वलाई लिएर जर्मनी कुनै प्रतिक्रिया दिएको छैन । उक्त विषयलाई लिएर पश्चिमा मुलुकहरुले आशंका व्यक्त गरेका खबरहरु बाहिर आइरहेका छन् । केही दिनअघि अमेरिकाका लागि जर्मनीका राजदूत एमिलो हेबरले बर्लिनलाई लेखेको पत्रमा समेत सो कुराको उल्लेख गरेका थिए । पत्रमा उनले भनेका छन्  : ‘अमेरिकन मिडियाका साथै काँग्रेसमा पनि कयौं मानिसले जर्मनीको विश्वसनियतामाथि सवाल उठाइरहेका छन् ।’  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार बर्लिनले प्राकृतिक ग्यासमा निर्भर भएका कारण रुसको विरुद्धमा कुनै ठूलो कदम चाल्ने अवस्था छैन । जर्मनी र रुसबीच १ हजार वर्षदेखि कुनै न कुनै सम्बन्ध रहदै आएको छ ।  युक्रेनको विषयलाई लिएर रुस र पश्चिमी मुलुकहरुको तनाव चरम अवस्थामा पुगेको छ । पछिल्ला दिन दुवै तर्फबाट सैन्य गतिविधि बढाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप