आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार दाहालले दिए मन्त्री यादव विरुद्ध जाहेरी

सोमबार, २४ माघ २०७८, १४ : ५१
सोमबार, २४ माघ २०७८

पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । 
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् । पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए । 

आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको छ, ‘वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् । यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ ।’

यसअघि नेपाली काँग्रेसका नेता रंजित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप