शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेलारुसमा रुसी विमानको अभ्यास, युक्रेनसँगको तनाव झन् बढ्ने संकेत

सोमबार, २४ माघ २०७८, १३ : ३०
सोमबार, २४ माघ २०७८

युक्रेनसँगको तनावकै बीच बेलारुसमा रुसी विमानले युद्ध अभ्यास सुरु गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार टीयू–२२ एम थ्री बमवर्षक विमानले बेलारुसको वायु सेनासँग संयुक्त अभ्यास गरेको हो ।  युक्रेन र रुस बीचको तनाव दिनानुदिन बढिरहेको छ ।

बेलारुसमा उडान भरेका रुसी विमान परमाणु बमजडित भएको सञ्चारमाध्यामहरुले बताएका छन् । रुसी रक्षा मन्त्रालयले यसलाई युद्ध अभ्यासको एक हिस्सा भएको बताएको छ । मन्त्रालयका अनुसार बेलारुसमा बमवर्षक विमानले ४ घण्टासम्म  अभ्यास गरेका हुन् ।

बेलारुस युक्रेनको उत्तरी छिमेकी मुलुक हो । अहिले युक्रेन नजिकै रुसी सैनिकहरु भेला हुने क्रम बढ्दो छ । रुसले आफ्नो सेनालाई संयुक्त रुपमा साइबेरिया र बेलारुसमा तैनाथ गरिरहेको छ । यसलाई रुसको सैन्य तयारीको रुपमा जोडेर हेरिएको छ । 

बेलारुसमा रुसी सैनिकको तैनाथीलाई लिएर पश्चिमा देशले चिन्ता व्यक्त गरिरहेका छन् ।  रुसले कुनै पनि समयमा युक्रेनमा हमला गर्न सक्ने आशंका व्यक्त गरिँदै आएको छ । युक्रेनको राजधानी बेलारुसको सीमाबाट केवल ७५ किलोमिटरको दुरीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप