काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही
सोमबार, २४ माघ २०७८, १२ : ३४
ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू