बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रका समस्याका विषयमा विकास बोर्डमा छलफल

सोमबार, २४ माघ २०७८, १२ : २८
सोमबार, २४ माघ २०७८

कोरोनाको कारण सबैभन्दा बढी समस्यामा पर्यो फिल्म क्षेत्र । सरकारको निकै कम प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई विदेशी फिल्मको दवाव समेत रहने गरेको छ । सोही सिलसिलामा नेपाली फिल्मलाई कसरी प्राथमिकतामा राख्ने भन्ने बिषयमा छलफल समेत सुरु भएको छ ।

सोमबार चलचित्र विकास बोर्डले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई बोलाएर छलफल थालेको हो । विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई प्रथामिकता कसरी दिने भन्ने बिषयमा छलफल सुरु भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

‘कोरोनाले ठप्प रहेको नेपालको फिल्म क्षेत्रलाई उठाउन सबै एकजुट हुनुपर्ने कुरा पनि छलफल भएको छ’ अध्यक्ष खड्काले भने, ‘दर्शकको मन छुने, स्तरीय फिल्म निर्माणका लागि ध्यान दिने निर्णय पनि भयो ।’ कार्यक्रममा हरेक किसिमबाट सरकारलाई दवाव दिने, दर्शकलाई अनुरोध गर्ने, नेपाली फिल्मको विकास तथा विस्तारका लागि स्कूल, कलेज,गाउँ,शहर जताततै दर्शकबीच पुगेर नेपाली फिल्मको उत्थान कार्य गर्ने समेत छलफल भएको खड्काले सुनाए ।

कार्यक्रममा चलचित्र संघ,निर्माता संघ, वितरक तथा चलचित्र कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सोही अवसरमा कोभिडका कारण पहिलो शिकार बनेर हल बन्द गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै कोरोनाका कारण अत्यन्तै मारमा परेका निर्माता, वितरक, प्रदर्शक लगायत कलाकार, प्राविधिकहरूलाई राहत प्याकेजका लागि सम्बन्धित निकायमा अनुरोध र दवाव दिने विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा भुवन केसी, दीपकराज गिरी, अशोक शर्मा, सुदर्शन थापा,चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप