सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर ठगेको आरोपमा २ जना पक्राउ
सोमबार, २४ माघ २०७८, १२ : ०८
सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित होटलमा फारम भरेर पैसा लिँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बुढानिलकण्ठ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘भूमि आयोगको कर्मचारी हौं’ भनेर उनीहरुले फारम भरेर आयोगमा बुझाएपछि लालपुर्जा पाइन्छ भन्दै ५० हजारको दरले रकम संकलन गरेका थिए ।
अहिलेसम्म उनीहरुले दुई जनाबाट जनही ५० हजार ठगेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । ५० हजार तिरेर चार आना जग्गा दिने लोभ देखाएर उनीहरुले धेरैलाई ठगेको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?