सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

सोमबार, २४ माघ २०७८, ११ : ३४
सोमबार, २४ माघ २०७८


कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो ।

मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन । महाराष्ट्र सरकारले लताको सम्मानमा सोमबार सार्वजनिक छुट्टी र तीन दिनको राजकीय शोक घोषित गरेको छ । पश्चिम बंगाल सरकारले सोमबार आधा दिनको छुट्टी घोषणा गरेको छ ।

अन्तिम संस्कार अघि सेनाका जवानले लताको पार्थिव शरीरलाई झण्डाले बेरेर घरबाट बाहिर ल्याए । त्यसपछि आर्मी, नेवी, एयरफोर्स र महाराष्ट्र प्रहरीका जवानले उनको शवलाई काँध दिए । उनको पार्थिव शरीर फूलले सजाएर सेनाको ट्रकमा राखेर शिवाजी पार्क लगे । मुम्बईका हज्जारौँ मानिस लतालाई अन्तिम बिदाई दिन सडकमा उत्रिए ।

सहयोगीमा संक्रमण देखिएपछि संक्रमित भएकी थिइन् लताः

लता लगभग दुई वर्षदेखि घरबाट बाहिर निस्किएकी थिइनन् । उनी कहिलेकाँही सोसल मिडियामार्फत् आफ्ना प्रशंसकका लागि सन्देश दिने गर्थिन् । बढ्दो उमेर र खस्किँदो स्वास्थ्यका कारण उनी धेरैजसो आफ्नो कोठामा नै बस्थिन् । उनको घरका एक सहयोगीलाई कोरोनाको संक्रमण भएपछि उनको पनि परीक्षण गराइएको थियो । ८ जनवरीमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप