अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता
सोमबार, २४ माघ २०७८, ११ : १५
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।
इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।
सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिएका थिए । इरानी आणविक कार्यक्रमका कारण पछिल्लो समयमा अमेरिका र इरानबीच विवाद उत्पन्न भएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या