शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतीय मोडल जुनुसँग आशिष सचिनको ​रोमान्स

सोमबार, २४ माघ २०७८, ११ : ०५
सोमबार, २४ माघ २०७८

‘पिरिम नलाउने’,‘एक कान दुई कान मैदान’,‘गलबन्दी पछ्यौरी’ लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ  । डान्सिङ शैलीका गीतहरू बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायाङ्कन गरिएको हो ।

पारिवारिक प्रेम कथामा आधारित रहेको सानो–सानो कुरामा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा आशिष र जुनलाई भर्खरै विवाह गरेको एक प्रेमीले जोडीका रुपमा देखाइएको छ । उनीहरुबीचको मिस अन्डस्ड्याण्डिङ् भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन् ।

फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायाङ्कन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको हो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप