बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दिल्लीमा विद्यालय खुले, अब रातिमा मात्रै कर्फ्यू

सोमबार, २४ माघ २०७८, ११ : ०३
सोमबार, २४ माघ २०७८

भारतको राजधानी दिल्लीमा सोमबारदेखि विद्यालयहरू खुलेका छन् । आज बिहान ९ देखि १२ वर्षसम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् । योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट सार्वजनिक भएको र बढ्दो केसका कारण डिसेम्बरमा विद्यालयहरू बन्द भएका थिए ।

लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए ।

दिल्लीमा रातिको कर्फ्यू भने हटाइएको छैन । अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ । यसबाहेक सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् ।

तर, दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप