बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै

सोमबार, २४ माघ २०७८, १० : ५५
सोमबार, २४ माघ २०७८

उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ ।

संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ ।

सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।

संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु  र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो ।

शुक्रबार यो रिपोर्ट संयुक्त राष्ट्रको प्रतिबन्ध समितिलाई सुम्पिइएको थियो ।

साइबर हमलामा उत्तरी अमेरिका, युरोप र एशियामा कम्तीमा तीन क्रिप्टोकरेन्सी एक्सचेन्जलाई निशानामा पारियो ।

रिपोर्टमा अघिल्लो महिना सिक्योरिटी फर्म चेनालिसिसद्वारा प्रकाशित एक अध्ययनबारे पनि उल्लेख गरिएको छ जसमा उत्तर कोरियाली साइबर हमलामा अघिल्लो वर्ष ४०० मिलियन डलर बराबरको डिजिटल सम्पत्ति चोरिएको छ ।

संयुक्त राष्ट्रले दिएको जानकारी अनुसार सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत् सामूहिक विनाश कार्यक्रमका लागि हतियार जुटाउनका लागि दुई अर्ब डलर जुटाएको थियो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि परमाणु परीक्षण गरेको र ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । यद्यपि, संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार गम्भीर प्रतिबन्धका बावजुद उत्तर कोरिया आफ्नो परमाणु र ब्यालेस्टिक मिसाइलको आधारभूत ढाँचाको विकास जारी राख्न सक्षम रहेको छ ।

 यी प्रतिबन्धमाथि निगरानी राख्ने प्योङ्याङ मिसाइल परीक्षणमा उल्लेखनीय वृद्धि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप