‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ विवाद : बिपिनले भने ‘मेरो गीत आफ्नो खुसीले ल्याउन किन नपाउने ?’
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’....
यो गीत अहिले फेरि चर्चामा छाएको छ । बिपिन किरणको शब्द तथा महेश खड्को संगीत रहेको यो गीतको अहिलेको चर्चा तेस्रो हो । यस अगाडि गायिका अञ्जु पन्तको स्वर र गायक जगदीश समालको स्वरमा यो गीत दुई पटक चर्चामा छाइसकेको छ ।
अहिले तेस्रो पटक चर्चा भने गायिका रचना रिमालको स्वरको कारणले आएको छ । गीतको चर्चासँगै गीत ल्याइएको बिषयमा रचनाकार विपिन किरणको समेत आलोचना हुन थालेको छ । रिमाललको स्वरमा गीत सार्वजनिक गरेर विपिनले गीतको मर्म बिगारेको आरोप लागेको छ ।
तर, गीतकार विपिन भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । गीतको बिषयमा मानिसहरुले कुरै नबुझी आफूमाथि विभिन्न आरोप थोपरेको उनी बताउँछन् । ‘गीतको विषयमा अहिलेको विवादको कुनै अर्थ देख्दिन म’ किरणले भने, ‘हामीले गीत रिमेक वा नयाँ एरेन्ज गरेर ल्याएका हुन्थ्यौं भने अहिले विवाद जाहेज थियो । अञ्जु पन्त, जगदीश समालको नाम अनिबार्य राख्नुपर्थ्यो र राख्थ्यौँ पनि । तर गीतमा पुरानो एरेन्जमै छ । नयाँ गरेका छैनौं ।’ हिजो अञ्जु पन्तले गाएको गीत उही एरेञ्जमा रिमालको स्वरमा ल्याएको बताएका विपिनले त्यसमा नाम राख्नु पनि जरुरी नभएको सुनाए ।
‘मेरो राइटमा भएको गीत मैले आफुनो खुसीले ल्याउन किन नपाउने ?’ विपिनले थपे ‘गीतमा अधिकार, राइट र खर्च पनि मेरै हो । पहिले र अहिले पनि ।’
गीतको बिषयमा ओर्जिनल भर्सनका गायक–गायिकाको नाम उल्लेख गरिएन भनेर आलोचना गरिएको हो । तर विपिन यो गीतमा ओर्जिनल भर्सनको नाम उल्लेख गर्न जरुरी नरहेको बताउँछन् । ‘आफ्नो राइटमा भएका गीत आफूले चाहेको गायक-गायिकाको स्वरमा रेकर्ड गर्ने अधिकार एउटा श्रष्ठामा हुन्छ’ विपिनले अगाडि भने ‘मानिसहरु कुरै नबुझि आलोचना गर्दछन् । गीत डुब्लिकेट गरेको भए पो ओर्जिनलको नाम उल्लेख गर्नुपथ्र्यो । हामीले हुबहु ल्याएका छौं । त्यसमा नाम राख्नु जरुरी छैन ।’
विपिनले हिजोको गीत नयाँ गायिकाको स्वरमा सुन्ने श्रोता–दर्शकको अनुरोधका कारण रिमालको स्वरमा पुनः रेकर्ड गरिएको स्पष्ट पारे । ‘रचनाले स्वर दिएको गीत पुरानै एरेन्जमा सार्वजनिक गरिएको छ । सबैले हेर्न सक्छन् । त्यो नलुकेको बिषय हो’ बिपिनले भने ‘ नयाँ एरेन्जमा अन्जु पन्तकै स्वरमा ल्याउने तयारी छ ।’
नयाँ एरेन्जमा गीत गाउँन अञ्जु पन्तलाई ट्रयाक समेत पठाइएको छ । उनी पनि गाउन रेडि छन् । अञ्जु अहिले बाहिर भएको र फर्किने बितिक्कै नयाँ एरेञ्जमा गीत आउने बिपिनले खुलाए । बिपिन आफ्ना पुराना गीत बिभिन्न भर्सनसँगै केही भाषामा समेत ल्याउने तयारीमा छन् । पुराना आफ्नो सिर्जना प्रमोसन गर्न उनले यो तरिका अपनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण