बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पूर्वपरराष्ट्रमन्त्री डा लोहनी भन्छन्–नेपालको कूटनीति पाताल पुगिसकेछ

सोमबार, २४ माघ २०७८, ०९ : ०६
सोमबार, २४ माघ २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका छन् । 

उनले प्रचण्ड र देउवाको पत्रलाई ‘समर्पणपत्र’ को सङ्ख्या समेत दिएका छन् । ‘एउटा अमेरिकन सरकारी  कोर्पोरेशनलाई नेपालका वर्तमान प्रधानमन्त्री र अर्का पूवूप्रधानमन्त्रीले पठाएको ‘समर्पण पत्र’ पढ्दा  दु:ख  लाग्यो’, लोहनीको टिप्पणी छ । यो पत्रपछि नेपालको कूटनीति अब पाताल पुगेको भान भएको उनको टिप्पणी छ ।  नेपाली नेतृत्वको मनस्थिति  कति कमजोर र प्रतिक्रियावादी रहेछ भन्ने पत्रले स्पष्ट गरेको पनि लोहनीको भनाइ छ । देउवा र प्रचण्डले पठाएको पत्रले राजनीति तरङ्गित बनेको छ भने यसबारे पक्ष विपक्षमा बहस चर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप