सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

सोमबार, २४ माघ २०७८, ०९ : ०२
सोमबार, २४ माघ २०७८

बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।  एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । घटनामा गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप