निर्मला हत्याकाण्ड : शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइल स्वाबसँग म्याच भएन । डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ ।
२०७८ मंसिर २५ मा पक्राउ गरिएका भारतिय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।
१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षिया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका हसन कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे ।
हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको थियो । डिएनएको रिपोर्ट नआउन्जेल कञ्चनपुर प्रहरीले उनलाई अभद्र व्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर हिरासतमा राखेको थियो ।
हसन कञ्चनपुरमा जग्गा भाडामा लिएर तरकारी खेती गर्थे । निर्मलाको हत्या आरोपमा सवैभन्दा पहिले पक्राउ गरिएका दिलिपसिंह विष्टको पनि डिएनए नमिलेपछि रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन