बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी दुई जनाको हत्या

सोमबार, २४ माघ २०७८, ०७ : ४८
सोमबार, २४ माघ २०७८

बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिए । उनले  घटनाको थप अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप