शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

सोमबार, २४ माघ २०७८, ०७ : ४२
सोमबार, २४ माघ २०७८

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे । 

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप