बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन : बाबुराम भट्टराई

सोमबार, २४ माघ २०७८, ०७ : ३६
सोमबार, २४ माघ २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

 उनले ट्वीटरमा लेखेका छन् , 'भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद बाहिर माओवाद । नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन।'

पूर्वप्रधानमन्त्रीी समेत रहेका भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताए । 'एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ,' उनले लेखेका छन् । उनी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप