आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित

सोमबार, २४ माघ २०७८, ०६ : ३०
सोमबार, २४ माघ २०७८

घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।  आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो । 

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ । बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र  डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे ।

खेलको ६९ औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको  थियो । जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । एट्लेटिकोको समान खेलबाट ३६ अंक छ । 

 राति  नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १(० को कठिन जित निकाल्यो । 

रियलको जितमा मार्को एसेन्सियोले ७४ औं मिनेटमा निर्णायक गोल गरे ।  जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट  २४ अंक बनाएको ग्रानडा १६ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप