शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मलाई बागदरबार मास्ने भयो भन्ने आरोप लगाइयो : विद्यासुन्दर शाक्य

आइतबार, २३ माघ २०७८, २२ : ४७
आइतबार, २३ माघ २०७८

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुमाथि बागदरबार मास्न लाग्यो भन्ने अनावश्यक आरोप लगाएको भन्दै गुनासो गरेका छन् । आरोप लागउनेहरुप्रति गुनासो गर्दै मेयर शाक्यले कसैको अनावश्यक चरित्र हत्या गरेर आफुलाई उच्चो नठान्न पनि आग्रह गरे । आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले  हरि भवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम गरी काममा अवरोध गरेको समेत गुनासो गरे ।

‘हरि भवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो’ उनले भने । उनले केन्द्रीय भवन निर्माणमा मुद्दा–मामिलाले समस्या भएको भन्दै चिन्ता समेत व्यक्त गरे ।  अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन पनि उनले चुनौती  दिए । ‘कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उच्चो हुँदैन,’ उनले भने, ‘अरुलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ ।’

‘मलाई मेयरले बागदरबार मास्ने भयो भनेर आरोप लगाइयो । त्यो प्रमाणित कसैले गर्न सक्दैन,’ उनले भने, ‘बागदरवार एक जनाले बेचिसक्यो अर्कोले किनेर प्लटिङ गरेर बेचिसक्यो । बागदरबार बेच्ने सुशीलशम्सेर जबरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै हुनुहुन्छ, तर मुद्दाचाहिं भीमसेन थापाकालिन बागदरबार भत्काउने मेयरलाई कारबाही गरिपाउँ भनेर हालिएको छ ।’

मेयर शाक्यले भने, ‘बेच्ने पनि यहिँ छ, किन्ने पनि यहिँ छ, तपाईँहरु आफैँ कल्पना गर्नुहोस् ।  यस्तो कुरा मरेको मान्छेलाई जिउँदै छ भनेर जिद्धी गरे जस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप