बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र
आइतबार, २३ माघ २०७८, २२ : १९

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकट उन्मुख रहेको दावी गरेका छन् । उनले राजनीतिक दलका शीर्ष नेताहरुको कार्यशैलीप्रति कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्रीले सहसचिवको स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भनेर कटाक्ष समेत गरेका छन् ।
बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्ने, कोही होली वाइनमा नुहाउने, कोही जातीय नारा चर्काउने प्रवृत्तिका भएको बताउँदै उनले तिनकै पछाडि निहित स्वार्थले धेरै बुद्धिजीवी, व्यापारी र गलत बुझाइले बहुसंख्यक नागरिक दौडिरहेको गुनासो गरेका छन् । यही प्रवृत्ति औँल्याउँदै उनले भनेका छन्, ‘बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर